गुल्मी । गुल्मीमा आरडिटी पोजेटिभ देखिएका एक पुरुषको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका ५ खज्र्याङका ६९ बर्षीय पुरुषको बिहिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनले पक्षघात रोगको उपचार गराइरहेका थिए । उनी दुईहप्ता अगाडी भारतबाट गाउँ आएका थिए । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि खाना खान पनि नसकेपछि ट्युब लगाएएर नाकबाट खुवाइएको थियो । उनीसँग उनका छोरीज्वाँई पनि रहेका थिए ।
उनलाई घरनजिकैको खाली घरमा क्वारेन्टाइनमा राखिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि उनको स्वाब संकलन गरी पिसिआरकाे लागि पठाइएको छ । उनको शव नउठाइएको र नेपाली सेनाको समुह घटनास्थलमा पुगेको आचार्यले जानकारी दिए ।