Homeखेलकुदआईपीएल क्रिकेट : राजस्थानले पञ्जाबलाई हरायो

आईपीएल क्रिकेट : राजस्थानले पञ्जाबलाई हरायो

Sagun Sandesh

काठमाडौं – आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले  पञ्जाब किंग्सलाई पराजित गरेको छ। 

दुबईमा गएराति भएको रोमाञ्चक खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो।​ राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो।  पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले। केएल राहुलले ४९ रन बनाए। यस्तै निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए। राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाए।

पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए भने मोहमद शामीले ३ विकेट लिए। यस जितसँगै राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ। राजस्थान पाँचौं स्थानमा रहेको छ।

प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्लले सनराइजर्स हैदरावादसँग खेल्नेछ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय