काठमाडौं । हिन्दु महिलाको महानपर्व हरितालिका तीज आउन पुरा एक महिना बाँकी छ । तर तीजका गीतहरु बजारमा आइरहेका छन् ।
तीज भन्नासाथ महिलाको बिशेष पर्वका रुपमा लिइन्छ । तीजमा वर्षभरीको दुख, पिर र व्यथालाई भुलेर रमाउने नाच्ने र माइतीघरमा गएर मनको बह पोख्ने गरिन्छ ।
धेरै समय छुट्टिएका साथीसंगीसँगको भेटघाट लगायतलाई विशेष बनाएर रमाउने, नाच्ने र गाउने गरिन्छ ।
तीजमा धेरै गीतहरु बजारमा आउने गर्छन् तर विगतको वर्षदेखि कोरोना महामारी र यसको नियन्त्रण, रोकथामका लागि पटकपटक हुदै आइरहेका बन्दले गर्दा गीत बजारमा आउनेक्रम अलि कम भएपनि रोकिएका भने छैनन् ।
यहि क्रममा तीज गीत ‘टिकटके कान्छी’ बजारमा आएको छ । खुमन अधिकारी, शान्ति श्री परियार, देवी आले, चानस आरसी, श्री कृष्ण क्षेत्री, पुष्पकला राई, शुशिला ढकाल र विकास केसीको स्वर रहेको उक्त गीतमा विकाश केसीको श्बद रहेको छ भने श्री कृष्ण क्षेत्रीको संगीत रहेको छ । गीतमा सुरविर पण्डित, देवि आले, मानसीङ खड्का, वविन सिंह ठकुरीलगायतको अभिनय रहेको छ । गीतलाई कर्णाली रोधीघरको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।