Homeब्रेकिङ न्युजनेपालमा मंगलबार २ हजार ६ सय बढी संक्रमित थपिए, १ हजार ६...

नेपालमा मंगलबार २ हजार ६ सय बढी संक्रमित थपिए, १ हजार ६ सय ६५ डिस्चार्ज

Sagun Sandesh

काठमाडौं । नेपालमा मंगलबार २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको पीसीआर परीक्षणमा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार १ हजार ६ सय ६५ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६५, झापामा १७६, सुनसरीमा १३५, मोरङमा ११२, ललितपुरमा १०५, कास्कीमा १०घ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै चितवनमा ९६, नुवाकोटमा ६६ नवलपरासी पुर्वमा ३९, खोटाङमा ३७, रुपन्‍देहीमा ३५, कमवानपुर र पाल्पामा ३४र३४ जना, भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।

बागलुङमा २६, सुर्खेतमा २२, काभ्रेपलाञ्चोमा २१, स्याङजामा १७, सिन्धुलीमा १६, धादिङमा १५, बारा र कैलालीमा १४र१४ जना, दोलखा, दाङ र दैलेखमा १३र१३ जना र गोरखामा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ६८ बालबालिकालाईकोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय