Homeब्रेकिङ न्युज१५ लाख डोप खोप अमेरिकाबाट आइपुग्यो, क–कस्ले लगाउन पाउँछन् ?

१५ लाख डोप खोप अमेरिकाबाट आइपुग्यो, क–कस्ले लगाउन पाउँछन् ?

Sagun Sandesh

काठमाडौं । अमेरिकाद्वारा सहयोगस्वरुप प्राप्त जोन्सन एण्ड जोन्सनको १५ लाख मात्रा कोरोनाविरुद्धको जान्सिन खोप आज नेपाल आइपुगेको छ । बिहान ९ बजेर ४० मिनेटमा कतार एयरवेजको नियमित उडानमा खोप नेपाल अवतराण भएको हो ।

बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदुत र्यान्डी बेरिले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभएको छ ।

सरकारले यो १५ लाख मात्रा खोप कस्ताकस्ता मानिसलाई लगाउने भनेर निर्णय अझैँ गरिसकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले भने जोखिमयुक्त र छुटेका समूहका नागरिकलाई खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने दाबी गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अब निरन्तर खोप ल्याउनका लागि सरकार लागि परेको बताउनुभयो । यही वर्षभित्र सबै जनसंख्यालाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको उहाँको भनाई थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय