एजेन्सी । भारतीय प्रख्यात अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उहाँको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उहाँले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो ।
सास फेर्न गाह्रो भएपछि उहाँलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो।
उहाँले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गर्नुभएको थियो। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उहाँलाई ख्याति दिलाएको थियो।
उहाँको अभिनय रहका मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास, मुग़ल ए आज़म लगायत सफल चलचित्र हुन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उहाँको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएको जनाउनुभएको छ ।
प्रधानमन्त्री मोदीले ट्वीटरमा लेख्नुभएको छ, “दिलीप कुमारलाई सिने क्षेत्रको लीजेण्डका रुपमा सम्झिरहनेछौँ, अद्वितीय प्रतिभाका धनी उनको अभिनयबाट दर्शक मन्त्रमुग्ध हुँदै आएका थिए । उनको निधनले सांस्कृतिक क्षेत्रका लागि ठूलो क्षति पुगेको छ । परिवार जनमा समवेदना ।’