Homeब्रेकिङ न्युजनेपालमा ९ प्रतिशतले पहिलो र साढे २ प्रतिशतले दोस्रो मात्रा खोप लगाए

नेपालमा ९ प्रतिशतले पहिलो र साढे २ प्रतिशतले दोस्रो मात्रा खोप लगाए

Sagun Sandesh

काठमाडौं । गएको माघ १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत अहिलेसम्म २६ लाख ४ हजार ८ सय ६६ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।

देशभर दोस्रो मात्राको खोप लगाउनेको सङ्ख्या ७ लाख ५७ हजार ९ सय ६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल जनसंख्याको झण्डै ९ प्रतिशतले पहिलो मात्रा र साढे २ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका हुन् ।

१८ लाख २८ हजार ४ सय ४ जनाले कोभिसिल्डको पहिलो मात्रा र ४ लाख ५९ हजार ९ सय ५२ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । त्यस्तै ७ लाख ७६ हजार ३ सय ८२ जनाले भेरोसिलको पहिलो मात्रा र २ लाख ९८ हजार १० जनाले दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य तथा निसंख्या मन्त्रालउयले जनाएको छ । कोभिसिल्ड र भेरोसिलको पहिलो र दोस्रो मात्रा खोप लगाउनेमा बागमती प्रदेश अगाडी छ ।

बागमतीका ४ लाख २१ हजार ४ सय ८२ जनाले कोभिसिल्डको पहिलो मात्रा र एक लाख ६० हजार ४ सय ५० जनाले दोस्रो मात्रा लगाएका छन् भने भेरोसिलको पहिलो मात्रा ४ लाख ६८ हजार ५ सय ६८ ले र २ लाख ८९ हजार ४ सय ३१ ले दोस्रो मात्रा लगाएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशका एक लाख २९ हजार ८ सय ९८ जनाले पहिलो मात्रा र २९ हजार २ सय ६३ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।

अहिलेसम्म विभिन्न देशबाट ४२ लाख ४८ हजार मात्रा खोप आइपुगेको मन्त्रालयले जनाएको छ । सरकारले चिनियाँ खोप उत्पादक कम्पनी सिनोफार्मसँग कोरोना विरुद्धको खोप खरिद सम्झौता गरेको छ । यहि असार २४ गतेबाट चरणबद्ध रुपमा खोप आपुर्ति हुने र त्यसपछि खोप अभियान बिस्तार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय