Homeब्रेकिङ न्युजनेपालमा सोमबार थपिए ३४२१ संक्रमित, २५ जनाको मृत्यु

नेपालमा सोमबार थपिए ३४२१ संक्रमित, २५ जनाको मृत्यु

Sagun Sandesh

काठमाडौँ । नेपालमा सोमबार ३ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७३८ पुगेको छ।

गत २४ घण्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ९०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

निषेधाज्ञा खुकुलो बनाइएसँगै नेपालमा संक्रमणदर बढ्दै गएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय