Homeगण्डकी प्रदेशपर्वतमा कोरोना शंकास्पद बिरामी भागेपछि

पर्वतमा कोरोना शंकास्पद बिरामी भागेपछि

Sagun Sandesh

पर्वत । पर्वत जिल्ला अस्पतालमा सञ्चालित फिवर क्लिनिकमा मंगलबार मध्यान्न एक जना महिला आईन ।

चार दिन देखि ज्वरो, रुघा र सुख्खा खोकी लागेको बताएपछि स्वास्थ्यकर्मीले उनलाई आइसोलेसनमा राखेर थ्रोड स्वाब लिनुपर्ने देखे ।
चिकित्सकसंग यस्तो लक्षणको बिरामी आएको छ भनेर जानकारी गराएपछि गुप्तेश्वर बहुमुखी क्याम्पसको आइसोलेसनमा राख्न पठाइयो । श्रीमान सहित अस्पतालमा आएकी महिला जब पर्वत कोरोना अस्पतालमा पुगिन , त्यसपछि उनीहरु त्यहाँ बस्न मानेनन । आँखा छलेर उनीहरु अस्पतालबाटै भागे ।

पर्वतको फलेबास नगरपालिका वडा नं ३ की बिरामी महिला भागेपछि केहीबेर हल्लाखल्ला भयो । खोजी गर्ने क्रममा सुरक्षाकर्मीले कुस्मा –ज्ञादी झोलुङ्गे पुल नजिक फेला पारेका छन । कोरोना अस्पतालबाट भागेकी महिलाले कुस्माकै एक निजी मेडिकलबाट औषधी खरिद गरेर घर हिडेको स्रोतले जानकारी दियो ।

ती महिलाका परिवारका सदस्य कुनै पनि बिदेशबाट आएका छैनन । तर छिमेकी भने चैत्र महिनाको शुरुवातमा भारतबाट आएको भेटिएको छ । उनको आरडिटी टेष्ट गर्दा नेगेटिभ देखिएको थियो । पर्वत जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा।शिशिर देबकोटाले आइसोलेसनमा राखेर थ्रोड स्वाब लिने काम गरिने जानकारी दिनुभयो । उहाँले पोखरामा पिसिआर परिक्षणका लागि पठाइने उहाँले बताउनुभयो ।

क्वारेन्टाईन र आइसोलेसनमा बस्न सबै मानिसहरु अनिच्छुक देखिदै आएका छन । कोरोनाको शंकास्पद लक्षण देखिएकाहरुलाई आइसोलेसनमा राख्ने र पर्वत बाहेक अन्यत्रबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नुपर्छ । क्वारेन्टाईनमा बस्नुपर्दा मानिसलाई उल्टै धम्की समेत दिने प्रचलन छ । पर्वत जिल्लामा केहीदिन यता गाउँमा मात्रै होइन कुस्माबजारमा नै लक डाउन उल्लंघन गर्ने क्रम बढेको छ । काठमाण्डौ, पोखरा र अन्य शहरमा रहेका मानिसहरुलाई एसीबसमा राखेर घर पठाइएको छ । यस्तो अबस्था कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता बढेको छ । (न्यूजअफ नेपालबाट साभार)

Sagun Sandesh

भर्खरै

लोकप्रिय