Homeकृषिमौरीपालक कृषकलाई अनुदान कार्यक्रम

मौरीपालक कृषकलाई अनुदान कार्यक्रम

Sagun Sandesh

पाल्पा । पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ ।

केन्द्रको सहयोगमा तानसेन नगरपालिका–८ मदन पोखरामा मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका–८ स्थित बराङ्दीमा हिमाली मौरीपालन पकेट समितिमार्फत कार्यक्रम सञ्चालन गरिएको हो ।

मणि मौरीपालन पकेट समितिले गत वर्षदेखि नै मौरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । समितिले एक हजार २०० मौरी घारमा मौरी पकेट कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा त्यहाँका २३ घरका कृषक आबद्ध छन् जसमध्ये कम्तीमा एक घरले ५० देखि बढीमा १५० सम्म घारमा मौरीपालन गरेका छन् ।

चालू आर्थिक वर्षमा केन्द्र र पकेट समितिको समन्वयमा रु २१ लाख ५०० को लागतमा ३३३ खाली मौरीघार तथा मौरीजन्य सामग्री, औषधि कृषकलाई वितरण गरिएको समितिका अध्यक्ष तेजबहादुर भण्डारी बताउनु भयो ।

पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत गत वर्ष १०० मौरीघार ज्ञान केन्द्रले उपलब्ध गराएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय